Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी, कुन पार्टीलाई कति मन्त्रालय ?


    आइतबार, साउन १७ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी सोमबारसम्म मन्त्रिपरिषद्को विस्तार गर्ने तयारी थालेका छन्। 

    शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संगको छलफलपछि प्रधानमन्त्री देउवाले ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने थालेका हुन्। 

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर सरकार विस्तार गर्ने समझदारी भएको देउवा निकट जनाएको छ। तर, नेपाल पक्षले भने पार्टीभित्र आन्तरिक संघर्ष जारी रहेको भन्दै अहिले नै सरकारमा सहभागी हुन अनिक्षा व्यक्त गरेको छ। 

    यदी नेपाल पक्ष सहभागी नभएको अबस्थामा कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट सात/सात मन्त्री बन्नेछन्। 

    बाँकी तीन स्थानमा नेता नेपालनिकट रहेका तर स्वतन्त्र हैसियतका नेताहरू मन्त्री बन्ने निकटहरूको दाबी छ। ‘आइतबार बिहान संख्या र मन्त्रालय टुंगो लाग्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘सत्तारूढ दलहरूले आ–आफ्नो पार्टीबाट सरकारमा सहभागी गराउने नेताको गृहकार्य गरिरहेका छन्। सकेसम्म आइतबार नभए सोमबारसम्म सरकार विस्तार हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार