Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • अन्तिम समयमा आएर एमाले स्थायी कमिटी वैठक स्थगित


    शनिबार, साउन १६ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको आज ३ बजे बस्ने भनेको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित गरिएको छ । एकता प्रक्रियालाई अघि बढाउन भन्दै नेताहरु तुल्सीलाल स्मृति प्रतिष्ठानमा पुगिसकेपछि बैठक स्थगित भएको हो ।

     एकतालाई गति दिन भन्दै विघटित कार्यदलका सदस्यको आग्रहमा बैठक स्थगित गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि विघटित कार्यदलका सदस्यहरुको आज सिंहदरबारमा बसेको अनौपचारिक छलफलपछि बैठक स्थगित गर्न आग्रह भएको बताएका छन् ।

    बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीसहित स्थायी कमिटी सदस्यहरु च्यासल पुगेका थिए । बैठकमा भाग लिन उपाध्यक्ष वामदेव गौतम पनि गएका थिए । त्यस्तै आफूहरुलाई माओवादीमै रहेको दाबी गर्ने नेताहरु पनि बैठकमा भाग लिन पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार