काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको १८ दिनसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिनसकेका छैनन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ । तीन पार्टीबीच मन्त्रालयको भाग लगाइए पनि कुन कुन मन्त्रालय कसले पाउने भन्ने बिषयमा विवाद छ । सबैभन्दा बढी विवाद परराष्ट्र मन्त्रालयका लागि छ ।
जसपा अध्यक्ष उपेन्द्र यादव परराष्ट्र मन्त्रालयसहित उपप्रधानमन्त्रीका लागि लागेका छन् । परराष्ट्र मन्त्रालय जसपाको भागमा पार्ने र आफैं सरकारको नेतृत्व गर्ने दाउमा उपेन्द्र यादव छन् । यादव परराष्ट्र मन्त्रालय नपाए सरकारमा नजाने पक्षमा छन् । परराष्ट्र नपाए जसपाबाट सरकारको नेतृत्व महेन्द्र यादवले गर्ने भएका छन् ।
त्यस्तै, नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि उपप्रम सहित परराष्ट्र मन्त्री हुन खोजिरहेका छन् । जनमोर्चाको कोटाबाट हरेक पटक एक मन्त्रीको भागबण्डा लिने गरेका नारायणकाजीले यो पटक आफैं परराष्ट्र मन्त्रीमा दाबी पेश गरेका छन् । यद्यपि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कृष्णबहादुर महरालाई पुनस्र्थापना गराउने पक्षमा छन् । महरालाई उपप्रधानमन्त्रीसहित परराष्ट्र वा संचार तथा सूचना प्रविधि मन्त्री बनाएर उनको गुमेको छवि पुनस्र्थांपना गर्ने पक्षमा प्रचण्ड छन् ।
नेपाली कांग्रेसको तर्फबाट परराष्ट्र मन्त्रीका लागि डा. नारायण खड्का र ब्यापारी सांसद विनोद चौधरीले दाबी गरिरहेका छन् । चौधरीले आफ्नो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राम्रो सम्बन्ध रहेकाले प्रधानमन्त्री देउवालाई त्यसको लाभ हुने भन्दै परराष्ट्र मन्त्रीको लागि लागेका छन् । देउवापत्नी डा. आरजु राणालाई पनि उनले सकारात्मक बनाइसकेको चर्चा कांग्रेस बृत्तमा छ ।
नेपाली कांग्रेसभित्रको देउवा समूहले नै एउटा ब्यापारीलाई राज्यमन्त्री बनाउँदा नै चर्को बिरोध भइसकेकाले चौधरीलाई बनाउनु नहुने बरु डा. नारायण खड्कालाई बनाउन जोड दिइरहेका छन् ।
परराष्ट्र मन्त्रीको दौडमा रहेकामध्ये उपेन्द्र यादव, कृष्णबहादुर महरा र डा. नारायण खड्का प्रत्यक्ष निर्वाचित सांसद हुन् भने चौधरी समानुपातिक सांसद हुन् । नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सांसद हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend