Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्रियाशील सदस्यता विवादबारे छलफल गर्न कांग्रेसले बाेलायाे बैठक


    बिहिबार, असार १७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । 

    आजको बैठक क्रियाशील सदस्यतामा देखिएका विवादको समाधान र पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल का लागि पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । ।

    कांग्रेसमा क्रियाशील सदस्यताबारे विवाद छ । आठ लाख ३० हजार क्रियाशील सदस्यमध्ये अहिलेसम्म ५ हजार उजुरी परेका छन् भने सिन्धुपाल्चोक, बारा, सप्तरी र रूकुम पश्चिमबाट क्रियाशील सदस्यता इन्ट्री भइरहेका छन् ।

    आजको बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानविन समितिका संयोजक लेखक सहभागी हुनेछन् । 

    कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ । वडा अधिवेशन साउन १२ गतेदेखि छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार