काठमाडौं । नेकपा (एमाले)को बुधबार बसेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा माओवादी केन्द्रबाट आएका नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा र लेखराज भट्टलाई स्थायी समिति सदस्यमा मनोनीत गरेको छ ।
सर्वोच्च अदालतले मान्यता नदिएको दसौं महाधिवेशन आयोजक समितिले उनीहरुसहित एमालेका रघुवीर महासेठ, विष्णु रिमाल, रघु पन्त र बेदूराम भूसाललाई पनि स्थायी समिति सदस्यमा मनोनीत गरेको छ । अदालतले अवैधानिक ठहर गरेको आयोजक समितिले माओवादीबाट आएका प्रभु साहलाई भने स्थायी समिति सदस्यमा मनोनीत गरेन । त्यसो त साह माओवादी हुँदै नेकपामा पनि केन्द्रीय सदस्यमात्रै भएकाले स्थायी समिति सदस्यमा मनोनीत नभएको भनिएको छ ।
गएको जेठ ६ मा बिघटित प्रतिनिधिसभाको सांसद नरहेकाले साहसहित ७ माओवादी मन्त्रीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेपछि साह प्रधानमन्त्री ओलीसँग असन्तुष्ट छन् । जेठ ४ मा मन्त्री नियुक्ति बिरुद्ध परेको रिटमा अन्तरिम आदेश नदिएको सर्वोच्चले २ दिनपछि जेठ ६ मा बदर गरेपछि साहले यसलाई ओलीको सेटिङका रुपमा बुझ्दैआएका छन् । माओवादी नेता साह र प्रधानमन्त्रीबीचको सम्बन्ध मन्त्रीबाट हटेपछि चिसिएको अनुमान जो कसैले लगाउन सक्छ । राजनीतिक कार्यदिशा उनको बहानाबाजीमात्रै हो । ।
मन्त्री हुन्जेल प्रधानमन्त्री ओलीको अति प्रिय रहेका साह पछिल्ला दिनमा नेकपाकै राजनीतिक वैचारिक कार्यदिशाको निरन्तरता हुनुपर्ने अर्थात् जनताको बहुदलीय जनवाद नभई जनताको जनवादसहितको राजनीतिक वैचारिक कार्यदिशा हुनुपर्ने, एकताकै भाव झल्किने गरी पार्टीको नयाँ नामाकरण हुनुपर्ने, पार्टीको सांगठनिक गतिविधि पनि एकताकै भाव अनुरूप हुनुपर्ने अर्थात् पार्टीको आगामी महाधिवेशन पनि एकताकै महाधिवेशन गर्नुपर्ने जस्ता माग राख़्दै आएका छन् । जसलाई केपी ओलीले मन पराएका छैनन् ।
यही बिषयमा ओलीसँग प्रभु साहले पटक पटक वार्ता गरिसकेका छन् । आफ्नो मागको ठोस सम्बोधन नहुँदासम्म अगाडी बढ्न नसक्ने अडान प्रभु साहको रहेको छ । नेकपा नफुट्दै पार्टीका बरिष्ठ माधव नेपालको सेखी झार्न ओलीले प्रभु साहलाई महत्व दिएका थिए । नेकपा विभाजनपछि पनि उनलाई सहरी विकास जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिए । तर मन्त्रीबाट खुस्केपछि प्रभु साह ओलीको बिरोधमा लागे ।
आफ्नो आलोचना गर्नेलाई ओलीले ३० बर्षपछि पनि बदला लिएको जानकारी एमाले पंंक्तिलाई छ । ओली आलोचना सुन्न र सहन गर्न सक्दैनन् भन्ने बुझ्न नसकेकै कारण साह स्थायी समितिमा अटाउन सकेनन् । अब उनले भनेअनुसार राजनीतिक कार्यदिशामा नेकपाकै हुने संभावना अति क्षीण छ । बादल, रायमाझी, भट्ट र थापाले बहुदलीय जनवाद नै स्वीकार गरिसकेकाले साहले पनि स्वीकार गर्नुपर्छ कि एमाले छाड्नुपर्छ, यी दुई विकल्पमात्र उनका अगाडि देखिएका छन् ।
प्रभु साहमाथि तत्कालीन विश्व हिन्दू महासंघ पर्साका अध्यक्ष काशी तिवारीको हत्याकाण्डमा मुछिएका थिए । तत्कालीन पर्साका एसपी रमेश खरेलले उनलाई पनि काशी तिवारी हत्याकाण्डमा किटानी जाहेरी दर्ता गरे पनि सरकारी वकिल कार्यालयले उनको नाम हटाएर अदालतमा मुद्दा दर्ता गरेको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend