Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • बादलले फेल खाएपछि सरकारमा श्रीमतीको ‘इन्ट्री’


    बिहिबार, जेष्ठ २७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापा पनि मन्त्री बन्ने भएकी छन् । 

    बालुवाटार स्रोतका अनुसार बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका प्रधानमन्त्री केपी ओलीले नैनकलालाई सञ्चारमन्त्री बनाउन लागेका छन् ।  यसअघि थापा महिला आयोगमा थिइन् । 

    प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिन आफूसँग राखेकाे आठ वटा मन्त्रालयकाे जिम्मेवारी दिइ नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरेका छन् ।

    गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुन लागेका छन् । त्यस्तै नैनकला थापा- सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह- कृषि मन्त्री, नारदमुनी राना- वनमन्त्री, मोहन बाँनिया- विना विभागीय, राजकिशोर यादव-उद्योग मन्त्री, गणेश पहाडी- सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री हुने भएकाे स्रोतले जानकारी दिएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार