Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • नेविसंघद्वारा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतो देश निकाला गर्न माग गर्दै को पुतला दहन


    बुधबार, जेष्ठ २६ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल विद्यार्थी सं‌घले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोविरुद्ध प्रदर्शन गरेको छ ।

    राजधानीको शंकरदेव क्याम्पस अगाडि पुतला जलाएर प्रदर्शन गरेका प्रदर्शनकारीहरुले महतोले विखण्डनकारी अभिव्यक्ति दिएको भन्दै देश निकाला गर्न माग गरेका छन् ।

    केही दिनअघि उपप्रधानमन्त्री महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलन गर्ने’ अभिव्यक्ति दिएका थिए ।

    महतोको उक्त भनाइको चौतर्फी विरोध भइरहेको छ भने त्यसको प्रधानमन्त्री ओलीले जवाफ दिनपर्ने माग पनि उठिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार