Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसईई मूल्यांकनका लागि नयाँ कार्यविधिको तयारी, गत वर्ष भन्दा फरक हुने


    मंगलबार, जेष्ठ २५ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मूल्यांकनका लागि नयाँ कार्यविधिको तयारी गरेको छ ।

    आन्तरिक मूल्यांकन विधि अनुसार गराउने शिक्षा मन्त्रालयको प्रस्ताव मन्त्रीपरिषदले स्वीकृत गरेपछि बोर्डले मूल्यांकन कार्यविधि तयार गर्न लागेको हो ।

    यो वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गर्ने भएपछि त्यसका लागि कार्यविधिको ड्राफ्ट तयार भइरहेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए ।

    गतवर्ष एसईईको नतिजाका लागि राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो ।

    समितिले पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्यांकन गरी परीक्षाफल प्रकाशित गरेको थियो ।

    यस वर्षको मूल्यांकन विधि गत वर्षकोभन्दा फरक हुने अध्यक्ष पौडेलले बताए । के-के फरक हुन्छ भन्ने उजले खुलाएनन् ।

    कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिएपछि जेठ १३ गतेबाट तय भएको एसईई परीक्षा स्थगित भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार