Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेशी नेता सरकारमा जाँदा पहाडी ‘राष्ट्रघाती’ तत्वहरू सलबलाए : राजेन्द्र महतो


    मंगलबार, जेष्ठ २५ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले मधेशी नेताहरु सरकारमा जाँदा पहाडी नेताहरु तनावमा परेको अभिव्यक्ति सार्वजनिक गरेका छन्। 

    गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शहरी विकासमन्त्री तथा उपप्रधानमन्त्रीमा नियुक्ति भएका महतोले मधेसी मूलको नेता सरकारमा गएकै कारणले केही पहाडी नश्लिए चिन्तनको सोंच बोकेका राष्ट्रघाती तत्वहरू सलबलाइरहेको उल्लेख गरेका हुन् । 

    सोमबार बेलुका सामाजिक सञ्जालमा उपप्रधानमन्त्री महतोले यस्तो हुनु चिन्ताको बिषय रहेको भन्दै एक ट्वीट गरेका छन्। 

    उनले लेखेका छन्, मधेसी मूलको नेता सरकारमा गएकै कारणले केही पहाडी नश्लिए चिन्तनको सोंच बोकेका राष्ट्रघाती तत्वहरू सलबलाइरहेका छ्न् । यो चिन्ताको विषय हो ।’

    उनको यो अभिव्यक्तिप्रति नागरिकहरुले कमेन्ट गर्दै सार्बजनिक पद धारण गरेर जिम्मेवारी सम्हालिरहेका ब्यक्तिले यसरी ‘पहाडी’ भनेर सार्बजनिक गाली गर्नु निन्दनीय  भएको उल्लेख गरेका छन्। 

    हेर्नुहोस केही कमेन्टहरु :

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार