Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाविरुद्धको भेरोसिल खोप आजदेखि


    मंगलबार, जेष्ठ २५ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । चीन सरकारद्वारा अनुदानमा उपलब्ध गराइएको कोरोना भाइरसविरुद्धको भेरोसिल खोप आजदेखि लगाउन सुरु गरिँदै छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार आजदेखि देशव्यापी रूपमा ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइने छ । नेपालमा ६० देखि ६४ वर्षका साढे आठ लाख जनसङ्ख्या छ । 

    डा. गौतमले काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । 

    उनका अनुसार हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने बताए । ‘हिमाली क्षेत्रमा पटक–पटक खोप पुर्याउन गाह्रो हुन्छ’,डा गौतमले भने, ‘त्यसैले १८ वर्ष माथिका सबैलाई खोप लगाइने भएको हो ।’ 

    खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर जान डा गौतमले आग्रह  गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार