Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीकाे राष्ट्रवादी लगौटी खुस्किसक्याे: रामचन्द्र पौडेल


    सोमबार, जेष्ठ २४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीकाे राष्ट्रवादी लगौटी खुस्किसकेकाे टिप्पणी गरेका छन्।

    आज सामाजिक सञ्जाल फेसबुक मार्फत पौडेलले सत्ताको पछि भौतारिदा ओलीले राष्ट्रवादको लगौटी खुस्केको थाहै नपाएको टिप्पणी गरेका हुन्।

    सत्ताको पछि भौतारिदा चुरे ध्वस्त गराएर मधेश नै डुबाउने, साल्ट ट्रेडिङ मासेर आयोडिनयुक्त नुनुको हाहाहार गराउनुका साथै बहुल राष्ट्र मुक्तिसंग्राम गर्न सत्ताको साँचो सुम्पेर ओली राष्ट्र विखण्डनको मतियार बनिसकेकाे आरोप पौडेलले लगाएका छन्।

    फेसबुकमा पौडेलले लेखेका छन्,’सत्ता होइन व्यवस्थालाई महत्त्व दिउँ भन्दै थिएँ । सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा रास्ट्रवादी के.पी. ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेशनै डुबाउने, साल्ट ट्रेडिङ मासेर आयोडिन युक्त नुनको हाहाकार गराउने र “बहुल रास्ट्र मुक्तिसँग्राम गर्न” सत्ताको साँचो सुम्पेर रास्ट्र विखण्डनको मतियार बन्न पुग्नुले रास्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन् । ओली रास्ट्रवादको लगौटी बिखण्डनको पगरी बनिसकेछन्।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार