Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काेराेना अपडेट: बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु


    सोमबार, जेष्ठ २४ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    प्युठानको स्वर्गद्वारी नगरपालिका-९ का ६० वर्षीय पुरुषको आइतबार कोहलपुर मेडिकलमा, दाङको बगलाचुली गाउँपालिका-३का ५२ वर्षीय पुरुषको आइतबार करिब ८ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

    यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ का ६३ वर्षीय पुरुषको आइतबार साढे ८ बजे भेरी अस्पतालमा र सल्यानको शारदा नगरपालिका-१३ का ५५ वर्षीय पुरुषको सोमबार बिहान मेडिकल कलेजमा ७ बजे मृत्यु भएको हो ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार