Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संक्रमित भन्दा निको हुनेको संख्या झण्डै दोब्बर, थप ९९ जनाको मृत्यु


    आइतबार, जेष्ठ २३ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । आइतबार थपिएका कोरोना संक्रमितभन्दा निको हुनेको संख्या करिब दोब्बर रहेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ३ हजार ४७९ जना संक्रमित थपिएका छन्। पिसिआर परीक्षणमार्फत ३ हजार २४ र एन्टिजेन परीक्षणका क्रममा ४५५ जनामा संक्रमण देखिएको हो। 

    यसै अवधिमा ६ हजार ६३६ जना कोरोनाबाट मुक्त भएका छन्। यस दिन ९९ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। 

    हाल देशभर ८९ हजार २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मुक्त हुनेको दर ८३.५ प्रतिशत रहेको छ। 

    आइतबार काठमाडौं उपत्यकामा १ हजार १३१ जना संक्रमित थपिएका छन्। जसअनुसार काठमाडौं जिल्लामा ७३१, भक्तपुरमा १४६ र ललितपुरमा २५४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार