Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महतोको बिरोधमा मसाल जुलुसः अनेरास्ववियुका अध्यक्ष पराजुलीसहित ११ नेता गिरफ्तार


    शनिबार, जेष्ठ २२ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शुक्रबार उपप्रधानमन्त्री नियुक्त गरेका राजेन्द्र महतोको देश बिभाजन गर्ने खालको अभिब्यक्तिबिरुद्ध आज अनेरास्ववियुले मसाल जुलुस प्रदर्शन गरेको छ । मसाल जुलुस प्रदर्शन गर्ने विद्यार्थी नेताहरुालई प्रहरीले गिरफ्तार गरेको छ ।

    प्रहरीले मसाल जुलुस प्रदर्शन गर्ने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामा, सचिव महेश श्रेष्ठ, अशोक थापा, आकाश खनाल, लक्ष्मी क्षेत्री लगायतका ११ विद्यार्थी नेताहरुलाई गिरफ्तार गरेको छ ।

     अनेरास्ववियुका सहअध्यक्ष ओसिम आलमले गिरफ्तार अनेरास्ववियुका अध्यक्ष पराजुली सहितका नेताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।  

    आलमको विज्ञप्तिमा उल्लेख छ–सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्रिय र बहुराज्य देश बनाउने भनी घोषणा गरेको रास्ट्रघाती अभिव्यक्तिका विरुद्ध अहिले बानेश्वरमा अनेरास्ववियुले गरिरहेको पुत्ला दहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी हाम्रो संगठनका अध्यक्ष पराजुली ११ जना अनेरास्ववियुका नेता कमरेडहरुलाई प्रहरीले पक्राउ गरी नेपाल पुलिस क्लबमा राखेको छ । प्रहरी हस्तक्षेपको घोर विरोध गर्दै प्रक्राउ गरिएका नेताहरुलाइ अविलम्ब रिहाइको माग गद्र्छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार