काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नव नियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति आपतिजनक भएको बताएका छन् । गौतमले महतोको अभिव्यक्ति नेपाल विखण्डन गर्ने बाहेक अरु केहि नभएको बताएका छन् ।
नव नियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले संविधानको मर्म विपरीत काम गर्ने छैन भनेर सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूहरुले अहिले पनि सञ्चालन गरिरहेको भन्ने अभिव्यक्तिप्रति उनले असन्तुष्टि जनाएका हुन् ।
गौतमले भनेका छन्, ‘संविधानको धारा ४ मा स्पष्ट भनिएको छ, नेपाल अनेकौं विशेषतासहितको राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विखण्डन गर्ने आन्दोलन कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन ।’
उपाध्यक्ष गौतमले राजेन्द्र गौतमको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिने समेत बताएका छन् । यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनबारे अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्य लागेको समेत बताएका छन् ।
गौतमले जनता समाजवादी पार्टी (जसपा)का नेता तथा उपप्रधानमन्त्री राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको कथित आन्दोलनले नेपाललाई विखण्डन गर्ने जिकिर गरेका छन् । उनले आज एक वक्तव्य जारी गर्दै महतोले बहुराष्ट्र बनाउने भनेर दिएको अन्तर्वाताले आफू दुःखी भएको पनि बताएका छन् ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend