धनुषा । धनुषाको पोर्ताहामा बिग्रेर रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा सडकखण्डमा बिग्रेर रोकिराखेको ना ४ त १६८२ नम्बरको ट्रयाक्टरमा पूर्व दिशाबाट आएको रा ६ प २८६३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार भीमदल गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको हो ।
मोटरसाइकलमा पछाडि सवार तनहुँ घर भई शेरगञ्ज गण सिरहामा कार्यरत २५ वर्षीय जीवन तामाङ सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षण प्रदीप सुवेदीले जानकारी दिए ।