Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महामारीमा बदलिए स्वास्थ्य मन्त्रालयमा तीन मन्त्री


    शुक्रबार, जेष्ठ २१ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । कुनै बेला आफ्नो स्वास्थ्य सम्बन्धी विवादस्पद अभिव्यक्तिका कारण मन्त्रीबाट हात धोएका नेकपा एमाले नेता शेरबहादुर तामाङ पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा केपी ओली मन्त्रिपरिषद्‌मा इन्ट्री गरेका छन् ।

    आफूले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएको पुष्टि गरेका तामाङले यसलाई अवसर र चुनौती रुपमा लिएको बताएका छन्। उनले शनिबार राति नै पद तथा गोपनीयताको सपथग्रहण गर्ने तयारी छ।

    कोरोना महामारी सुरु भएयता सरकारले तेस्रो पटक स्वास्थ्य मन्त्री बदलेको छ । २०७६ मंसिर ५ गते ओलीले आफ्ना पार्टीका विश्वासपात्र भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाएका थिए । त्यसअघि ढकाल कानुन, न्याय तथा संसदीय मामिलामन्त्री थिए ।

    उनले स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएको ६४ दिनपछि नेपालमा पहिलो पटक कोरोना भाइरसका संक्रमित फेला परेका थिए ।

    त्यसको करिव एक महिनापछि महामारीले तीव्र रुप लिएको थियो।

    तर महामारी नियन्त्रणमा असफल भएको आरोप खेपेका ढकालको हैसियत २०७७ पुस १० गते पुनः परिवर्तन गरिएको थियो।

    उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी थमाएर उनको ठाउँमा ओलीले हृदयश त्रिपाठीलाई ल्याएका थिए ।

    कोरोना विरुद्धको खोप खरीद प्रकरणमा ओली र त्रिपाठीको सम्बन्ध चिसिएको थियो । अब त्रिपाठीको ठाउँमा तामाङलाई आउने भएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार