काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका तर्फबाट वर्तमान मन्त्रिपरिषदमा रहेका ४ बाहेक सबैलाई हटाउने भएका छन् । वर्तमान सरकारका अर्थमन्त्री बिष्णु पौडेललाई उपप्रधानमन्त्रीमा पदोन्नति हुने भएको छ । पौडेलका अलावा एमालेबाट कायम रहने मन्त्रीहरुमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङ र कानुन मन्त्री लिलानाथ श्रेष्ठ छन् ।
हटाइने सूचीमा विनाविभागीय उपप्रधानमन्त्री इश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, पर्यटन मन्त्री भानुभक्त ढकाल, कृषिमन्त्री पदमा अर्याल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना, वन मन्त्री प्रेम आले, भूमिब्यवस्था मन्त्री शिवमाया तुम्वाहाङ्फे, संचार तथा सूचना प्रबिधि मन्त्री पार्वत गुरुङ, महिला मन्त्री जुलीकुमारी महतो र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी छन् ।
त्यसैगरी नयाँ बन्ने मन्त्रीहरुमा जसपाका राजेन्द्र महतो उपप्रधानमन्त्री हुनेछन् । उनले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउँदैन् । एमालेका रघुवीर महासेठ पनि उपप्रधानमन्त्री हुने चर्चा छ । उनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइँदैछ । अहिलेको मन्त्रिपरिषदमा उनकी श्रीमती जुलीकुमारी महतो महिला मन्त्री थिइन् । महासेठका जोईपोईले पालैपालो मन्त्री हुने सौभाग्य पाएका छन् । प्रधानमन्त्री ओलीले रघुवीर शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने भएका छन् । मन्त्रिपरिषद पुनर्गठनसँगै साँझ ८ बजे सपथग्रहण कार्यक्रम छ ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend