Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सीमानाका बन्द हुँदा भारततर्फ लाँदै गरेको ३ सय कार्टुन मदिरासहित ट्रयाक्टर बरामद


    शुक्रबार, जेष्ठ २१ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बीरगंज । सीमानाका बन्द रहेको बेला अबैध रूपमा भारततर्फ लगिरहेको ३ सय कार्टुन कस्तुरी मदिरासहित ट्रयाक्टर पर्सा प्रहरीले बरामद गरेको छ । पर्सा प्रहरीको सेटिङमा सीमा नाका बन्द भए पनि तस्करी सुचारु रहेको प्रष्ट भएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलीले शुक्रबार राति एक बजे मदिरा बरामद गरेको हो ।

     पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ भिष्वा बञ्जारीबाट अवैधरूपमा भारततर्फ लगिरहेको ३ सय कार्टुन कस्तुरी मदिरासहित प्रदेश २–०३–००१ थ ०००१ नम्बरको ट्रयाक्टरलाई जफत गरेको हो । बरामद गरिएको ट्रयाक्टर र मदिराको मूल्यांकन प्रहरीले १० लाख ६० हजार रुपैयाँ गरेको छ । ट्रयाक्टर समातिए पनि चालक भने फरार भएका छन् ।  पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । बरामद गरिएको मदिरा र ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा पठाइएको डिएसपी खनालले जानकारी दिए ।

    भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित छ । नेपालबाट लुकाई छिपाई बिहारमा ठूलो मात्रामा मदिरा तस्करी हुँदैआएको छ । बिहारमा निषेध भएकाले नेपालका सीमामा डिष्टीलरी खोल्ने र मदिरा भारततर्फ पठाउने क्रम विगत केही बर्षयता हुँदैआएको छ । शुक्रबार राति कस्तुरी मदिरा पोखरिया इलाका प्रहरीका इन्चार्जसँग सेटिङ भए पनि गस्तीमा गएको प्रहरीले बरामद गरेको छ । पर्सा प्रहरीको क्राइम टोली प्रमुख सई शोभन रानामार्फत् तस्करहरुले पोखरीयाका इन्स्पेक्टरसँग सेटिङ गरी मदिरा भारततर्फ पठाए पनि गस्तीको फेला परेपछि बरामद भएको हो ।

    shobhan.jpg

     प्रकाश अर्याल हेटौंडाको डीआइजी हुँदा घुमुवा रहेका सई राना पर्साका सबै थाना चौकीमा कसलाई पठाउने सबै सेटिङ मिलाउने गर्दछन् । पर्सामा बेलबहादुर पाण्डे आएपछि गोविन्द साह एसपी हुँदाको भन्दा बढी तस्करी हुने गरेको गुनासो छ । सीमा नाका बन्द हुँदा पनि प्रहरी सेटिङ गरी तस्करहरुले पोखरिया, सिर्सिया ड्राइपोर्ट हुँदै मदिरा भारततर्फ तस्करी गर्दैआएका छन् । । तस्करहरुले जहाँ सेटिङ मिल्छ, त्यहीँबाट मदिरा भारततर्फ पठाउने गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार