Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाललगायतका देशहरूलाई ७० लाख डोज खोप दिने अमेरिकाको घोषणा


    शुक्रबार, जेष्ठ २१ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। अमेरिकाले नेपाललाई  कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल सरकारको अग्रसरतामा अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउन लागेको वताइएको छ।

    राष्ट्रपतिका सञ्चारविज्ञ टीका दाहालका अनुसार राष्ट्रपतिको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले कोभिड-१९ विरुद्धको खोप प्राप्तिमा अर्को सफलता प्राप्त भएको छ।

    अमेरिकी दुताबासको फेसबुक पेजमा नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभिड -१९ भ्याक्सिन प्राप्त गर्ने उल्लेख छ।

    अमेरिकी दुताबासको फेसबुक पेजमा भनिएको छ, ‘हामी विश्वव्यापी रूपमा नै कोभिड -१९ को महामारीसँग लडिरहेको यो समयमा आज अमेरिकी राष्ट्रपती जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभिड -१९ भ्याक्सिन सहयोगको घोषणा गर्नुभएको छ। कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सिन पहुँचका लागि अमेरिकाले गरीरहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभिड -१९ भ्याक्सिन प्राप्त गर्नेछन्। हामी सवै मिलेर भाइरसलाई पराजित गर्न सफल हुनेछौं भन्ने हामीलाई विश्वास छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार