Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • सभ्य समाजका लागि छुवाछूत प्रथा अस्वीकार्य : राष्ट्रपति भण्डारी


    शुक्रबार, जेष्ठ २१ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुुवाछूत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सम्बद्ध सबैमा आह्वान गरेकी छिन्।

    शुक्रबार जातीय भेदभाव तथा छुुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको बताएकी छिन्। वि.सं. २०६३ जेठ २१ गते मुलुकलाई जातीय छुुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको अवसर स्मरण गर्दै हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुुवाछूत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ  ।

    सन्देशमा राष्ट्रपति भण्डारीले भनकी छिन्, ‘सामाजिक जागरणबाट सबैमा समभावको विकास गर्न तथा सबै जात–जाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनसमेत यस दिवसले सबैलाई अभिप्रेरित गर्नेछ भन्ने मलाई विश्वास छ ।’ नेपालको संविधान तथा यसअन्तर्गत भएका कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, वञ्चितीकरण र हिंसालाई अपराधका रूपमा लिँदै त्यसलाई निषेध गरेको छ ।

    तथापि समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको समूल अन्त्य हुन नसकेको सन्देशमा उल्लेख गरिएको छ । छुवाछूत प्रथा सभ्य समाजका लागि अस्वीकार्य छ भन्दै राष्ट्रपति भण्डारीले यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो औँल्याएकी छिन् । यसका लागि सबै पक्षको एकताबद्ध निरन्तर प्रयासको आवश्यकता पर्ने भनाइ पनि राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार