विराटनगर। प्रदेश नं १ प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन आह्वान गरिएको छ ।
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले यही जेठ २४ गते दिनको २ बजे का लागि बजेट अधिवेशन आह्वान गरेका हुन् ,
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा–१८३ को उपधारा १ बमोजिम जेठ २४ गते सोमबार दिनको दुई बजे अधिवेशन आह्वान गरिएको कार्यालयका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए ।
अधिकारीका अनुसार प्रदेश सरकार मन्त्रिपरिषद्को जेठ २० गतेको सिफरिसअनुसार वैठकको आह्वान गरिएको हो ।