काठमाडौँ । बेलायती अखबारमा कोरोनाको नेपाली भेरिएन्ट युरोपमा फैलिएको भन्ने समाचार प्रकाशित भएपछि विश्व स्वास्थ्य संगठनले कोरोनाको नेपालमा म्युटेट भएको भेरिएन्ट नभेटिएको प्रस्ट पारेको छ ।
बेलायती अखबार डेलीमेलले बुधबार नेपाली भेरिएन्टका कारण बेलायती अधिकारी चिन्तामा परेको दावी गर्दै समाचार लेखेपछि विश्व स्वास्थ्य संगठनले सफाइ दिएको हो ।
आज डब्ल्यूएचओको नेपालस्थित कार्यालयले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’
डब्ल्यूएचओका अनुसार हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) मात्र हो ।