Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ताका लागि पर्दापछाडि राजनीतिका घृणित खेलहरु


    बिहिबार, जेष्ठ २० २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । सत्ताका लागि राजनीति गरेर आफ्नो स्वार्थ पूरा गर्ने नेपाली राजनीतिको विशेषता जस्तै बनेको छ । सत्ताका लागि पर्दापछाडि राजनीतिका घृणित खेलहरु कुन हदसम्म हुन्छ भन्ने कुराको उदाहरण नेपालमा कति छन् कति ।  ती मध्ये अहिले चर्चामा रहेको बिषय हो रेशम चौधरीको रिहाई। 

    कुनै बेला पूर्व र पश्चिम मुख फर्काएर बसेका दुई राजनीतिक दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  र जसपाका अध्यक्ष महन्थ ठाकुर खेमाबीचको घनिष्ठता अहिले अचम्मसँग झाँगिएको छ । दुई समूहका घोषित बिचार, सिद्धान्त, दर्शन, राजनीति र अडानका आधारमा हेर्दा उनीहरुबीचको मिलन त्यति प्राकृतिक लाग्दैन । जे लागे पनि दुई शक्ति अहिले एक हुने दिशामा छन् । खासगरी ढल्न लागेको ओली सरकार महन्थहरुले थामिदिने र महन्थहरुका माग प्रधानमन्त्रीओलीले पूरा गर्दिने सहमतिका आधारमा दुई पक्षको मिलन भएको देखिन्छ । 

    संविधान संशोधन,रेशम चौधरीको रिहाइ र नागरिकता अध्यादेश महन्थहरुको मुख्य माग भनिएको छ । जसमध्ये चौधरीको रिहाइबाहेक अन्य दुई माग पुरा गर्ने प्रक्रियामा सरकार अघि बढिसकेको महन्थ खेमाका नेताहरुले बताइरहेका छन् । 

    प्रधानमन्त्री ओलीले नचाहेका कारण सांसद चौधरी छुट्न नसकेको भन्नेहरु पनि छन् । यसै सन्दर्भमा सञ्जाल प्रयोगकर्ताहरुले टीकापुर घटनाबारे एमालेको तत्कालीन धारणा सामाजिक सञ्जालमा ल्याएका छन् ।

    ५ जेठ २०७४ मा सचिवका हैसियतले अहिलेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जारी गरेको एउटा प्रेस वक्तव्यमा रेशम चौधरीलाई छाड्ने तत्कालीन सरकारको निर्णयप्रति एमालेको आपत्ति रहेको बताइएको छ । त्यतिबेला त्यस्तो कडा विज्ञप्ति निकाल्ने ज्ञवाली अहिले चौधरीलाई छुटाएर महन्थहरुलाई गुण तिर्ने प्रधानमन्त्रीको प्रयासको समर्थक भएको देख्दा अचम्म लाग्छ। 

    192680965_1160736441055913_5454030975074506099_n.jpg

    ज्ञवालीले त्यति मात्र भनेका छैनन्,  जारी गरेको वक्तव्यमा चौधरी आपराधिक घटनामा संलग्न भएको दाबी गर्दै राजनीतिक आवरणमा उन्मुक्ति नदिन सरकारलाई चेतावनी दिइएको छ । उनले विधिको शासन,सर्वोच्च अदालत र मानव अधिकार आयोगका फैसलाहरुको नजिर देखाउँदै चौधरीलाई छाड्न नमिल्ने दाबी समेत गरेका छन्। 

    चौधरीलाई थुनामुक्त गरे न्यायको पर्खाइमा बसेका पीडितहरुको आलोघाउमा नुनचुक दलेजस्तै हुने ज्ञवालीको वक्तव्यमा छ । तर, अहिले भने ज्ञवाली समेतको मन्त्रिपरिषदले निर्णय गरी कानुनी प्रक्रिया मिलाउँदै चौधरी थुनामुक्त भए भने पीडितको घाउमा नुनचुक लाग्छ कि मल्हम ? चौधरी छुट्नु पर्छ कि पर्दैन, छुट्न सक्छन् या सक्दैनन्, फरक बहसको विषय हो ।

    राजनीतिमा नैतिकताको प्रश्न कमजोर बनेपछि सत्ता स्वार्थका अनेक खेलहरु हावी हुन्छन् । नैतिकताको सीमा कुल्चेर आफ्ना नीति, सिद्धान्त, विचार, राजनीति र अडान विपरित राजनीतिक शक्तिहरुले सत्ताका लागि अनैतिक सौदावाजी गरेपछि राजनीति त दुषित हुन्छ नै, मुलुकले पनि दु:ख पाउँछ । 

    यस्तो छ गत जेठ १८ गते सरकारले रेशम चौधरी रिहाइको लागि गरेको सहमति 

    nn.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार