Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वेल्समाथि फ्रान्सको उत्कृष्ट जित


    बिहिबार, जेष्ठ २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युरोकप फुटबलको तयारीका भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले उत्कृष्ट जित निकालेको छ ।

    फ्रान्सको घरेलु मैदानमा बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित वेल्सलाई ३-० गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले उत्कृष्ट जित निकालेको हो।  

    फ्रान्सको जितमा केलियन एमबाप्पे, एन्टोनियो ग्रीजम्यान र ओसुमान डेम्बेलेले क्रमसः ३५, ४५ र ७९ मिनेटमा समान एक एक गोल गरे ।

    खेलको २६ औं मिनेटमा निको विलियम्सले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो ।

    २७ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्न सकेनन् । ६ वर्षपछि राष्ट्रिय टिममा फर्किएका बेन्जिमाको पेनाल्टी प्रहार वेल्सका गोलकिपर डेनी वार्डले बचाएका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार