Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • भारतले खोप निर्यातमा प्रतिबन्ध लगाउँदा ९१ देश जोखिममा


    बुधबार, जेष्ठ १९ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । कोरोना भाइरस विरुद्धको खोप निर्यातमा भारतले प्रतिबन्ध लगाएका कारण ९१ देश जोखिममा परेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

    भारतले खोप निर्यातमा लगाएको प्रतिबन्धका कारण विश्वका यी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट फैलिने जोखिम रहेको छ ।

    भेरियन्टहरुलाई पहिचान गर्नुभन्दा पहिला नै यो विश्वभर फैलिसकेको हुन्छ । गत वर्ष सेरम इन्स्टिच्युटले एस्ट्राजेनेकासँग सम्झौता गर्दा कम तथा मध्यम आय भएका मुलुकमा एक अर्ब डोज खोप आपूर्ति गर्ने जनाएको थियो ।

    २०२० भित्रै ४० करोड डोज खोप आपूर्ति गर्ने कम्पनीले उल्लेख गरेको थियो । ‘अधिकांश अफ्रिकी मुलुकमा ० दशमलव ५ प्रतिशतभन्दा कमले मात्र खोप पाएका छन् ।

    भारतले मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएसँगै कोरोना खोपको निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतले प्रतिबन्ध लगाएपछि धेरै देशमा खोपको अभाव भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार