Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘पशुपति विकास कोषको संस्थागत सुशासन हाम्रो चाहना हो’


    मंगलबार, जेष्ठ १८ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • उपरोक्त सम्बन्धमा नेपाल फेस डटकम (www.nepalface.com)  को २०७८ जेठ १० मा प्रकाशित ‘पशुपति विकास कोषमा ब्रम्हलुट गर्नेहरुको नालीबेली, पर्यटन मन्त्री ढकालको संरक्षण’ शीर्षकको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।  प्रकाशित समाचारको तपसिल बमोजिमको खण्डन पठाएका छौं । तपाईको अनलाइनमा प्रकाशित समाचार कपोलकल्पित, भ्रामक, मनगढन्ते, एकतर्फी र वास्तविकताको ठीक उल्टो रहेको छ ।

    प्रस्तुत समाचारमा उल्लेख भएका कुनै पनि कुराहरु हामीले आजसम्म सपनामा पनि सोच्न नसकिने किसिमका छन् । हामी विशुद्ध भगवानको सेवा गर्ने भावनाले ओतप्रोत भई सदस्यको पदमा नियुक्त भई कार्यरत छौं । विश्वभर रहेका सनातन हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रका रुपमा रहेका भगवान शिव र उहाँ बिराजमान श्री पशुपतिनाथ मन्दिर र यसको सुब्यवस्था गर्ने संस्था पशुपति क्षेत्र विकास कोष ऐनमा भएको उद्देश्य र सचालक परिषदको काम, कर्तब्य र अधिकारप्रति जानकार रहेका छौं । हामीले गर्ने कार्यहरु नीतिगत मात्र हुन्छन् । र, सोही अनुसार नै आजका मितिसम्म सामूहिक रुपमा सम्पादन गरिआएका छौं । 
    संस्थागत सुशासन र सुदृढीकरण कायम गर्ने हाम्रो चाहना रहेको छ ।  हामीले गरिआएका कार्यहरु राज्यका नियमन गर्ने निकायले मूल्यांकन र अनुगमन हुने कानुनी ब्यवस्था छ । ब्यक्तिगत आर्थिक लाभ लिएका, लिइरहेका र लिनलाई लागिपरिरहेका गलत तत्वको गलत सूचनाको आधारमा कपोलकल्पित समाचार एकतर्फी रुपमा हामीसँग सामान्य सम्पर्क नै नगरी प्रकाशित गरेकोमा दुखित छौ ।

    तपाईको प्रतिष्ठित माध्यमबाट यसरी भ्रामक समाचार प्रकाशित गरी हाम्रो ब्यक्तिगत, पारिवारिक र सामाजिक सम्मानमा आघात पुर्याउने कार्य भएकाले भगवान सर्वब्यापी हुनुहुन्छ  भन्ने दृढ विश्वासका साथ यो खण्डन पठाएका छौं ।

    कोषको सुशासनका लागि हामी पाँचै जना परिषद सदस्यहरुले लिखित रुपमा चालेका कदमहरुका सम्बन्धमा सदस्य सचिवलाई २०७७ चैत १६ गते, २०७७ चैत ३० मा साथै कोषाध्यक्षलाई २०७८ बैशाख १२ मा लेखेको ‘यथार्थ जानकारी उपलब्ध गराउने सम्बन्धमा’ भन्ने पत्र अध्ययन गरी हाम्रो बारेमा धारणा बनाउन अनुरोध छ । आगामी दिनमा यस्तासमाचार प्रकाशित नगरी सत्य तथ्यका आधारमा मात्र प्रकाशित गर्ने कार्य गरी ब्यक्तिगत सम्मानमा आँच पुर्याउने कार्य नगर्न, सामाजिक विश्वास जित्ने किसिमका समाचारमात्र प्रकाशित गर्न अनुरोध छ ।

    पशुपति विकास कोष, संचालक परिषदका सदस्यहरु भगवतीप्रसाद देव, आशा पाण्डे, देवीप्रसाद बराल, उद्धवप्रसाद बडाल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार