Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपत्यकाका सीडीओहरुको बैठक बस्दै, किराना पसल खोल्ने तयारी


    मंगलबार, जेष्ठ १८ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौं उपत्यकाका जिल्लाहरु(काठमाडौँ, भक्तपुर र ललितपुरका) प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ)को बैठक आज दिउँसो ३ बजे बस्दैछ । 

    आज बस्ने बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बुझिएको छ। 

    परिवर्तनका मोडालिटीमा गत जेठ १४ गतदेखि बन्द गरिएको किराना पसल, डिपार्टमेन्ट स्टोर खुल्ला गर्ने र सार्वजनिक निर्माण पनि खुल्ला गर्ने प्रशासनको तयारी छ ।

    यसअघि जेठ १४ मा थप गरिएको निषेधाज्ञाको समय दुई दिन बाँकी छ भने बैठकले निषेधाज्ञाको समय थप गर्ने बताइएको छ । 

    काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था आएको छैन। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार