Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खाने तेल उत्पादकहरुको दाबी – ‘गलत तरिकाले मूल्य बढाएका छैनौं’


    सोमबार, जेष्ठ १७ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । खाने तेल उत्पादकहरुको छाता संगठन नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको दाबी गरेको छ ।

    सोमबार विज्ञप्ति जारी गर्दै संघले कोभिडका कारण अन्तर्राष्ट्रिय रुपमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो हुन पुगेको कारण दाबी गरेको छ ।

    ‘ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेन लगायतका मुलुकबाट नेपालसम्म तेलको कच्चा पदार्थ आयात हुने र स्रोतमै ती वस्तुको मूल्‍य दोब्बर हुँदा नेपालमा पनि भाउ बढेको हो,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    कारोना महामारीअघि प्रति मेट्रिकटन ६ सय देखि ६५० डलरमा पाइने क्रुड तोरी, सनफ्लावर, सोयबिनको कच्चा पदार्थको भाउ अहिले १२ सयदेखि १५ सय डलर भन्दा बढी नाघेको संघको दाबी छ ।

    भारतमा बढ्दो पेट्रोलियम पदार्थको मूल्‍यका कारण ढुवानी महँगो भएको तथा तेलका प्रशोधन र प्याकिङ लगायतका कच्चा पदार्थको मूल्‍य पनि महँगो भएकाले तेलमा मूल्‍यमा वृद्धि भएको संघले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार