Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • भोलिबाटै बजेटको कार्यान्वयनमा लाग्ने अर्थमन्त्री पौडेलकाे दाबी


    आइतबार, जेष्ठ १६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयन भाेलीबाटै गर्ने भन्दै कुनै आशंका नगर्न आग्रह गरेका छन्।

    उनले सिंहदरबारमा पत्रकार सम्मेलनमा मार्फत सरकारले जारी गरेको बजेटमाथि आशंका उत्पन्न भएपनि यो बजेट कार्यान्वयमा सरकार प्रतिवद्ध रहेको बताए।

    उनले भोलीदेखि नै सम्बन्धित मन्त्रालयहरुसँग योजना र कार्यान्वयनका आधारमा छलफल अघि बढाउने र बजेटको कार्यान्वयनलाई तीव्रता दिने बताए।

    मन्त्री पौडेलले संसद विघटन भएको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याउन बाध्य भएको पनि बताएका छन्।

    सबै नागरिकलाई खोप दिने सन्दर्भमा पनि सरकारले प्राथमिकता दिएको उनले बताए। ‘जनताको जीवन सबैभन्दा सर्वोपरि हो भन्ने दृष्टिले हामी काम गरिरहेका छौँ,’ उनले भने।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार