Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, थप १२ जना सांसदलाई कारबाही गर्ने (नामावलीसहित)


    आइतबार, जेष्ठ १६ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालनिकट १२ नेतालाई पार्टीबाट निष्काशन गर्ने भएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले आज डाकेकाे स्थायी कमिटी बैठकले विघटित प्रतिनिधि सभाका १२ सांसदमाथि निष्काशन गर्ने भएको हो ।

    यसअघि स्थायी कमिटीले १२ जनालाई स्पष्टिकरण सोधेको थियो ।

    स्पष्टिकरण सोधिएकामा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपमहासचिव घनश्याम भुसाल, महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेसहित प्रत्यक्षतफै निर्वाचित सांसदहरु छन् ।

    १२ जनाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा लेखिएको दाबीपत्रमा हस्ताक्षर गरेका थिए । उनीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध रिट पनि दायर गरेका छन् ।

    कारबाहीको सूचीमा रहेका नेताहरु

    १. घनश्याम भुसाल
    २. सुरेन्द्र पाण्डे
    ३. भवानी खापुङ
    ४. यज्ञराज सुनुवार
    ५. विरोध खतिवडा
    ६. जीवनराम श्रेष्ठ
    ७. कृष्णलाल महर्जन
    ८. सोमप्रसाद पाण्डे
    ९. मेटमणि चौधरी
    १०. झपट रावल
    ११. दिपकप्रकाश भट्ट
    १२. नारायण खतिवडा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार