काठमाडौँ । सरकारले ताप्लेजुङ्गको सुकेटार विमानस्थलको नामाकरण दिवंगत नेता तथा मन्त्री रवीन्द्र अधिकारीको नाममा राख्ने घोषणा गरेपछि एमाले नेता योगेश भट्टराईले असन्तुष्टि प्रकट गरेका छन्।
शनिबार बजेट मार्फत पर्यटन मन्त्री रहँदा विमान दुर्घटनामा परि निधन भएका अधिकारीको नाममा सुकेटार विमानस्थलको नामाकरण गर्ने घोषणा सरकारले गरेको थियो ।
तर त्यसप्रति ताप्लेजुङ्गबाट निर्वाचित भएका नेता भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसवुकमार्फत आपत्ति जनाएका हुन् ।
उनले लेखेका छन्, ‘ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरि सहमति निर्माण गर्नु पर्दछ। यसरी मात्र सहभागितामूलक लोकतन्त्र बलियो हुनसक्छ। असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भने मात्र सही परिणाममा पुग्न सकिन्छ। अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ ।’
२०७५ फागुन १५ गते एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङ्गको पाथीभरा नजिकै दुर्घटना हुँदा तत्कालीन पर्यटन मन्त्री अधिकारी तथा व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाको ज्यान गएको थियो।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend