Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख सहुलियत कर्जा उपलब्ध गराउने


    शनिबार, जेष्ठ १५ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शैक्षिक बेरोजगारले अब चिन्ता नलिए हुने भएको छ । सरकारले आर्थिक बर्ष २०७८-०७९को बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम २५ लाख रुपैंयाँसम्म कर्जा दिने भएको छ । यसले शैक्षिक योग्यता भएर पनि रोजगारी नपाउनेलाई राहत पुग्ने भएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले आव २०७८-०८९ को बजेट सार्वजनिक गर्दै स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा उपालब्ध गराउने बताएका छन् ।

    शनिबार आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै उनले २५ लाखसम्म सहुलियतपूणर् कर्जाको व्यवस्था गरिने बताएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार