Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • पत्रकार यादवको स्मृतिमा पुरस्कार घोषणा


    शनिबार, जेष्ठ १५ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणले मृत्यु भएको जयरामा मिडिया प्रा.लि.का सञ्चालिकाको नाममा पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ । कोरोना भाइरसबाट संक्रमित जयरामा मिडिया प्रा.लि.की सञ्चालिका रामा यादवको उपचारको क्रममा बैशाख २८ गते मृत्यु भएको थियो ।

    जयरामा मिडिया प्रा.लि. रौतहट अन्तर्गत रेड टेलिभिजन, रेडखबर डटकम अनलाइन पत्रिका सञ्चालनमा रहेको छ भने रेडपोष्ट दैनिक पत्रिका दर्ता भइसकेको छ । रेड एफएम दर्ताको क्रममा रहेको छ । 

    जयप्रकाश यादवले आफ्नो श्रीमती रामा यादवको १३ औं दिनको पूण्यतिथिको अवसर पारेर २६ हजार १ रुपैयाँ राशीको उक्त पुरस्कार घोषणा गर्नुभएको छ । उहाँले रामा यादवको देहावसान भएकै मिति पारेर उक्त पुरस्कार प्रदान गरिने जानकारी दिनुभएको छ । जयप्रकाश यादवले बेदनाबाट आफैं छटपटिरहेको अवस्थामा उक्त पुरस्कारले स्वास्थ्य सेवालाई अझै बढी प्रभाबकारी बनाउन सञ्चारकर्मीलाई प्रोत्साहन पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार