Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षामन्त्री श्रेष्ठको पहलमा कोरोना नियन्त्रणमा थाई नरेशको सहयोग


    शनिबार, जेष्ठ १५ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  •  काठमाडौं । नेपालमा बढेको कोभिड महामारीलाई रोक्न थाइल्याण्ड सरकारले नेपाललाई ३० युनिट हाइफ्लो नोजल क्यानोला,  ८ युनिट अक्सिजन कन्सन्ट्रेटरसहित १० किसिमका सामग्री सहयोग गरेको छ । ती सामाग्री भोलि नेपाल आइपुग्नेछन् ।

     थाइल्याण्ड सरकारले विमान चार्टर गरी ती सामग्री नेपाल पठाउन लागेको हो । ती सामग्री बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन् । ती सामग्री थाइल्याण्डका राजदूतले हूतान्तरण गर्ने कार्यक्रम रहेको छ ।  शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजनमा नेपाल आउन लागेका हुन् । ती सामग्री लिन नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठी, शिक्षा, विज्ञान तथा प्रबिध मन्त्री श्रेष्ठ  विमानस्थल पुग्ने कार्यक्रम रहेको छ ।

      थाईल्याण्डका नरेश महा बजिरालोङ्कन फ्रा बजिराक्लउछायुहबाट थाई रोयल एडको रुपमा पठाइने विभिन्न स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई सहयोग गरिएको हो । नेपालमा कोभिडको दोस्रो लहरको संक्रमण अत्यधिक बढेपछि अक्सिजन लगायत स्वास्थ्य उपचारका सामग्रीहरुको अभाव भए पछि दातृ निकायहरुलाई सहयोगको अपिल गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाथ्य सामग्री सहयोगको अपिल गर्दै थाई नरेशलाई नेपाली राजदुतावास मार्फत् पत्र पठाउनु भएको थियो । सोही पत्रको आधार र स्वाथ्य तथा जनसंख्या मन्त्रालय तयार गरेको सूचीको आधारमा थाइल्याण्ड सरकारले स्वाथ्य सामग्री उपलब्ध गराएको हो । 

     नेपाललाई थाई राजदरवारबाट सहयोग जुटाउन थाइल्याण्डको भिक्षु संघमा प्रतिष्ठित नेपाली मूलका भिक्षु थाइ राजकीय विहारवाट बोभर्नका उपप्रमुख भिक्षु फ्रा देव शाक्य, बंशपण्डित अर्थात् फ्रा डा. अनिल शाक्यसँग माननीय शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँगको समन्वयमा भएको पहलमा उक्त सहयोग जुट्न संभव भएको हो ।

     नेपाली राजदूतावास मार्पmत् थाई नरेशलाई पत्र प्राप्त भएपछि थाई नरेशले  नेपाललाई सहयोग गर्न निर्देशन जारी भएको थियो । सोही आधारमा सरकारले १० लाख थान सर्जिकल मास्क, ४ हजार ५ सय पिपिइ गाउन, १० हजार जोडी लेग कभर, १० हजार थान सर्जिकल क्याप, ५ हजार थान फेस सिल, २० हजार थान एन्टिजेन किट, ६ सय थान पल्स अक्सिमिटर, १ हजार ५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बडी ब्याग सहयोग सामग्री नेपाल सरकारलाई उपलब्ध गराइएको छ ।  ती सामाग्री बाहेक थाई राजकुमारीले ७ हजार थान पिपिइ गाउन उपलब्ध गराउनुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार