Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति राष्ट्रपतिद्वारा खेद व्‍यक्त


    शुक्रबार, जेष्ठ १४ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुब्र्यवहारप्रति खेद व्‍यक्त गरेकी छिन् ।

    शुक्रबार राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि गरेको दुर्व्यवहारप्रति खेद व्‍यक्त गरेकी हुन् ।

    उनले भनेकी छिन्, ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ।’

    ‘दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो,’ राष्ट्रपति भण्डारीले ट्वीटमा लेखेकी छन् । 

     

    — Bidya Devi Bhandari (@PresidentofNP) May 28, 2021

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार