Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्य मन्त्रालयकाे प्रवक्तामा डा. कृष्ण पाैडेल नियुक्त


    शुक्रबार, जेष्ठ १४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेलले पाएका छन्।

    स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक समेत रहेका डा. पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो। शुक्रबार मन्त्रीस्तीय बैठकले डा. पौडेललाई प्रवक्तामा नियुक्त गरेको हो।

    यसअघिका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख कार्यकारी अधिकारी नियुक्त भएपछि मन्त्रालयमा प्रवक्ताको पद रिक्त थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार