काठमाडौं । कोरोना महामारीले अर्का पत्रकार चन्द्र न्यौपानेको निधन भएको छ । ब्रोडकाष्टिङ एशोशिएशन अफ नेपाल (वान)का अध्यक्ष तथा नेपाल बिज्ञापन बोर्डका सदस्य न्यौपानेको कोरोनाका कारण शुक्रबार बिहान निधन भएको हो । बिराट शिक्षण अस्पताल बिराटनगरमा उपचाररत न्यौपानेको आज ८.१५ मा निधन भएको इटहरीकी उपमेयर लक्ष्मी गौतमले पुष्टि गरेकी छन् ।
न्यौपाने कोरोना संक्रमित भर्ई १८ दिनदेखि उपचाररत थिए । केही दिन आइसियुमा र त्यसपछि स्वास्थ्यमा सामान्य सुधार आएपछि एचडीयुमा राखिएको थियो । फेरि स्वास्थ्यमा समस्या देखिएपछि केही दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
न्यौपाने इटहरीको सबैभन्दा पुरानो सप्तकोशी एफएमका स्टेशन म्यानेजर पनि हुन् ।