Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि काठमाडौं महानगरपालिकाका यी ठाउँहरूमा निःशुल्क कोरोना परिक्षण सुरू


    शुक्रबार, जेष्ठ १४ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि पाँच दिन बृहत् कोरोना परीक्षण गर्ने भएको छ ।

    समुदाय स्तरमा कोभिडको अवस्था बुझ्न एन्टिजेन विधिमार्फत् परीक्षण गर्न लागिएको महानगरले जनाएको छ ।

    परीक्षण ३२ वटै वडाका तोकिएका केन्द्रमा हरेक दिन दुई ‘सिफ्ट’मा हुने महानगरले जानकारी दिएको छ । हरेक केन्द्रमा बिहान १० देखि १ बजेसम्म पहिलो र दिउँसो २ देखि ५ बजेसम्म दोस्रो सिफ्टमा परीक्षण हुने भएको हो ।

    कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रपंक्तिमा काम गर्ने व्यक्ति, कोभिडका लक्षण देखिएका व्यक्ति साथै निषेधाज्ञाका बेला बाहिर काम गर्ने व्यक्तिको परीक्षण गरिने भएको हो ।

     

    a.jpgb.jpgc.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार