Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • भेरीमा एमाले नेताको उदण्डता, स्वास्थ्यकर्मीमाथि अस्पतालमै आक्रमण


    शुक्रबार, जेष्ठ १४ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  बाँके। जिल्लाको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ ।

    उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिएका छन्। 

    थापाका अनुसार बिहीबार बेलुकी आफन्तको मृत्युपछि डाक्टर र नर्समाथि ४/५ जनाको समूहले कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए । उनीहरूले आइसियू कक्षमै डाक्टर र नर्समाथि आक्रमण गरेका थिए ।

    प्रहरीका अनुसार उक्त घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेका छन्। रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो। 

    उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ।

    उक्त घटनापछि आन्दोलित स्वास्थ्यकर्मीहरुले आक्रमणकारी एमाले नेता रावतमाथि कारबाहीको माग गर्दै आक्रमणकारी पक्राउ नपरेसम्म र सुरक्षाको ग्यारेन्टी नगरेसम्म काममा नफर्किने बताएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार