काठमाडौँ । अहिले जनतालाई मतपत्रभन्दा पनि अक्सिजन, भेन्टिलेर र कोरोनाविरुद्धको खोप आवश्यक भएको भन्दै बृहत् नागरिक आन्दोलनले माइतीघर मण्डलामा मोबाइलको लाइट बालेर सरकारविरुद्ध प्रदर्शन गरेको छ।
देश कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेका बेला संसद विघटन गरेर चुनावको घोषणा गरिएको विरोधमा बिहीबार साँझ बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो।
साथै लामो समयदेखिको निषेधाज्ञाका कारण मानिसहरुको जनजीवन कष्टकर बन्दै गएको हुँदा निषेधाज्ञाको विकल्प खोज्नुपर्ने पनि उनीहरुले माग गरेका छन्।
उनीहरुले ‘निषेधाज्ञा अति भो, लोकतन्त्रलाई खति भो’, ‘गरिब जनतालाई गाँसबास चाहिएको छ, घृणित दाउपेचतन्त्र होइन’, ‘गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्र मस्ती छ’ लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए।

