काठमाडौँ। कोरोना भाइरस संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ।
सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको आज बिहान निधन भएको परिवारिक स्रोतले बताएको छ।
सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसी करिब एक महिना अघिदेखि उपचाररत थिए। केसी कोरोनबाट ज्यान गुमाउने सेनाका उच्च अधिकारी हुन्। यसअघि नेपाल प्रहरीतर्फ भने दुई डीएसपीको कोरोनाकै कारण निधन भइसकेको छ।
काठमाडौं न्यूरोडका स्थायी बासिन्दा केसीका श्रीमती र दुई छोरीहरु छन् ।