Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • चीन सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने


    बुधबार, जेष्ठ १२ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । चीन सरकारले नेपाललाई अनुदान स्वरुप तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ।

    केहीबेर अघिमात्र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङलाई फोनमार्फत् खोप उपलब्ध गराउन आग्रह गरेपश्चात् चीनले उक्त घोषणा गरेको हो।

    स्रोतका अनुसार चीनले सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप उपलब्ध गराउने बताएको छ।

    चीनले नेपाललाई अहिलेसम्म कोरोना भाइरसविरूद्धको ८ लाख डोज खोप अनुदानमा दिइसकेको छ । 

    बुधबार टेलिफोन कुराकानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार