काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसविरूद्धको खोप ल्याउन चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गरेकी छन्।
मंगलबार भारतीय समकक्षी रामनाथ कोविन्दलाई मंगलबार पत्र पठाएकी राष्ट्रपति भण्डारीले बुधबार दिउँसो चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गरेकी हुन्।
झन्डै पौने घण्टा टेलिफोन वार्ता भण्डारीले कुराकानीका क्रममा नेपाल सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको बताउदै त्यसका लागि पहल गरिदिन अनुरोध गरेकी थिइन्।