Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा पछिल्लो २४ घण्टामा २.०८ लाख नयाँ संक्रमित भेटिए, २.९५ लाख निको भए


    बुधबार, जेष्ठ १२ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको नयाँ मामिलामा सामान्य वृद्धि देखिएको छ । यहाँ मंगलबार २ लाख ८ हजार ७१४ व्यक्तिमा कोरोना पुष्टि भयो ।

    यसअघि सोमबार नयाँ संक्रमितको आँकडा २ लाखभन्दा कम भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा २ लाख ९५ हजार ८५ जनाले कोरोनालाई जितेका छन् ।

    यस्तै, मृत्युको आँकडाले सरकार र मानिसहरूका लागि चिन्ता बढाइदिएको छ । पछिल्लो २४ घण्टामा ४,१५९ संक्रमितको कोरोनाका कारण ज्यान गएको छ । मे महिनाको कुरा गर्ने हो भने २५ मध्ये १३ दिन दैनिक मृतकको आँकडा चार हजार पार भएको छ । यसअघि ७ मेमा ४,२३३, ८ मेमा ४,०९२, ११ मेमा ४,१९८, १२ मे मा ४,१२८, १३ मे मा ४,०००, १५ मेमा ४,०७७, १६ मेमा ४,०९८, १७ मेमा ४,३३४, १८ मेमा ४,५२९, २० मेमा ४,२०९, २१ मेमा ४,१९४ र २३ मेमा ४,४५४ मानिसहरुको मृत्यु भएको थियो 

    भारतमा कोरोना महामारी आँकडामाः

    पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः २.०८ लाख

    पछिल्लो २४ घण्टामा कूल निको भएकाः २.९५ लाख

    पछिललो २४ घण्टामा कूल मृत्युः ४,१५९

    हालसम्म संक्रमित भइसकेकाः २.७१ करोड

    हालसम्म निको भएकाः २.४३ करोड

    हालसम्म कूल मृत्युः ३.११ लाख

    हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः २४.९० लाख

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार