Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भ्रामक समाचार प्रकाशन गरेकाे भन्दै पत्रकारहरुलाई सर्वोच्चमा बोलाइयो


    मंगलबार, जेष्ठ ११ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच नभएको भेटलाई लिएर भ्रामक समाचार प्रकाशन भएको बारे सोध्न सर्वोच्चले दुई समाचार संस्थाका पत्रकारलाई बोलाएको छ ।

    जसमा इमेज खबर डटकमका प्रधान सम्पादक राजन कुँइकेल र नेपालसमय डटकमका प्रधान सम्पादक नारायण अमृतलाई सर्वोच्च अदालतका रजिष्टारले प्रधानमन्त्री र प्रधानन्यायाधीश भेटेको समाचारबारे छलफल गर्नु छ आइदिनु होला भन्दै बोलाइएको छ ।

    हिजो प्रकाशित समाचारका विषयमा छलफल गर्न रजिष्टारले बोलाउनु भएको भन्दै फोन आएको इमेज खबरका सम्पादक कुइँकेलले बताए।

    यसअघि सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दैप्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको प्रष्ट पारेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार