Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • भेरोसेलको दोस्रो डोज लगाउने भोलि अन्तिम दिन


    सोमबार, जेष्ठ १० २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ – कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने कार्य मंगलबार सकिँदै छ। गत जेठ २ गतेदेखि वागमती प्रदेशमा भेरोसेलको दोस्रो डोज दिन सुरु गरिएको थियो।

    याे अभियान भाेलि सकिँंदै छ। खाेप लगाउन आज पनि काठमाडाैँ उपत्यकाका विभिन्न खाेप केन्द्रमा मानिसहरुकाे भिड लागेकाे छ।

    खाेपकाे पहिलाे डाे‍ज लिएकाहरुलाई विभिन्न मिति ताेकेर दाेस्राे डाेजका लागि बाेलाइएकाे थियाे। चीन सरकारले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदान दिएको थियो।

    यसअघि काेराेना भाइरसविरुद्धकाे काेभिसिल्ड खाेपकाे पहिलाे मात्रा लगाएकाहरु मध्ये अधिकांशले दाेस्राे डाेज लगाउन पाएका छैनन्। नेपालमा समयमै खाेप ल्याउन नसकेकाे भन्दै सरकारकाे आलाेचना भइरहेकाे छ।

    आइतबार पत्रकारहरुसँगकाे अन्तर्क्रियामा प्रधानमन्त्री केपी ओलीले चुनाव अवागै सबै नागरिकलाई खाेप लगाइ सक्ने घाेषणा गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार