Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनालाई जित्छु भन्दै घरमै बसेका पूर्वसांसद बस्नेतको मृत्यु


    सोमबार, जेष्ठ १० २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुनसरी। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका एकजना पूर्वसांसदको कोरोना भाइरस संक्रमणका कारण आज बिहान मृत्यु भएको छ। 

    मृत्यु हुनेमा भोजपुरबाट निर्वाचित प्रतिनिधिसभाका पूर्वसांसद नरेन्द्र बस्नेत रहेका छन्। 

    धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान ४ बजे उनको निधन मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। 

    दुई दिनअघि अस्पताल लगिएका ७० वर्षीय बस्नेत यसअघि कोरोनालाई जित्छु भन्दै घरमै बसिरहेका थिए। 

    पछिल्लो समय बस्नेत नेकपा एमाले परित्याग गरेर ऋषि कट्टेल समूहको नेकपाको केन्द्रीय सदस्य थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार