Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • बाबुरामले आफ्नै दलका नेताहरुलाई माग्नेको संज्ञा दिँदै भने – ‘भिखारी’ले चिट्ठा किनेछ…


    सोमबार, जेष्ठ १० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै दलका नेताहरुलाई माग्नेको संज्ञा दिएका छन् ।

    आइतबार राति सामाजिक सञ्जालमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सत्ता प्राप्तिका लागि र्‍याल चुहाएको भन्दै आफ्नै दलका नेताहरुप्रति कटाक्ष गरेका हुन् । अध्यक्ष उपेन्द्र यादव पक्षमा रहेका बाबुरामले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई यस्तो भनेका हुन्। 

    डा. भट्टराईले इतिहासमा पहिलोपटक मधेसी प्रधानमन्त्री बन्ने सम्भावना बढेका बेला केही नेताले मन्त्री पद मागेर त्यसलाई गुमाएको भन्दै उदाहरणका रुपमा एउटा ठट्टा पनि लेखेका छन्।

    भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘इतिहासमा पहिलोपटक मधेसी प्रम बन्ने सम्भावना बढेको बेला त्यसलाई लत्याएर पुरानै सत्ताधारीसँग मन्त्री माग्न तम्सिएका केही नेताबारे एक मधेसी मित्रले गरेको ठट्टा– एउटा भिखारीले चिट्ठा किनेछ । अर्कोले सोधेछ–एक करोड पाए के गर्छस्– गाडी किन्छु। गाडीले के गर्छस्– गाडी चढेर माग्न जान्छु !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार