Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हानिकारक स्यानिटाइजर उत्पादन गर्ने तीन कम्पनीमा प्रहरीको छापा


    आइतबार, जेष्ठ ९ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्यका लागि हानिकारक हुने किसिमको स्यानिटाइजर उत्पादन गरेको पाइएपछि प्रहरीले तीनवटा कारखानामा छापा मारेको छ ।

    ललितपुरको सातदोबाटो तथा काठमाडौंको त्रिपुरेश्वर र क्षेत्रपाटीमा रहेको स्यानिटाइजर उत्पादन केन्द्रमा अपराध महाशाखाको टोलीले एकैपटक छापा मारेको हो ।

    प्रारम्भिक अनुसन्धानमा कम्पनीले स्यानिटाइजर उत्पादनका लागि अनुमति नलिइ स्यानिटाइजर उत्पादन  गरेकाे खुलेकाे छ ।

    महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार कम्पनीले ‘प्लस ७५’ नामको स्यानिटाइजर उत्पादन गर्ने गरेको पाइएको छ।

    ‘प्रयोगशालामा गरिएको परीक्षणबाट पनि बरामद स्यानिटाइजर स्वास्थ्यका लागि हानिकारक रहेको पुष्टि भइसकेको छ,’ खापुङले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार